मेलामा पिङ खेल्ने क्रममा खसेर ६४ वर्षीया बृद्धाको मृत्यु

मेलामा पिङ खेल्ने क्रममा खसेर ६४ वर्षीया बृद्धाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २४ कार्तिक २०७९
  • 3.5K
    Shares

बाँकेको गुरुवा गाउँमा लागेको मेलामा पिङ खेल्ने क्रममा खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जानकी गाउँपालिका ६ की ६४ वर्षीया गौरी बुढा रहेकी छन् ।

पिङ खेल्ने क्रममा खसेर घाइते भएकी बुढालाई नेपालगन्जस्थित वेस्टर्न अस्पताल ल्याइएको थियो । उपचारको क्रममा मृत्यु भएकी बुढाको शवलाई पोस्टमार्टमका लागि भेरी अस्पतालमा लगिएको छ ।

बाँकेको गुरुवा गाउँ र जोगा गाउँमा बर्सेनि मेला लाग्ने गर्छ । मेला हेर्न सर्वसाधारणको भीड लाग्ने गर्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार