बारी जोत्ने क्रममा ट्रयाक्टर पल्टिएर च्यापिदा ट्रयाक्टर चालकको मृत्यु भएको छ। बारी जोत्ने क्रममा ट्रयाक्टर पल्टिएर च्यापिदा व्यास नगरपालिका–१ खकौलीका ३० बर्षीय कमल बहादुर दरैको मृत्यु भएको हो ।
बारी जोतिरहेका बेला अनियन्त्रियत भइ लु ३ त १३३५ नम्बरको ट्याक्टर बारीको डिलबाट खसेर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले बताए । बारीको डिलबाट खसेको ट्रयाक्टरले च्यापिएर घाइते बनेका चालक दरैलाई उपचारका लागि दमौली अस्पताल ल्याइएकोमा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सांकेतिक फाइल फोटो