सत्तारुढ गठबन्धनका नेताहरुलाई एमाले अध्यक्ष ओलीको प्रश्न : भावी प्रधानमन्त्री को हो ?

सत्तारुढ गठबन्धनका नेताहरुलाई एमाले अध्यक्ष ओलीको प्रश्न : भावी प्रधानमन्त्री को हो ?


  • जन संचार
  • सोमबार, २१ कार्तिक २०७९
  • 4.5K
    Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनका नेताहरुसंग भावी प्रधानमन्त्री को हो भनेर प्रश्न गरेका छन्। नेकपा एमाले कास्की जिल्ला कमिटिद्वारा आज पोखरामा आयोजित कार्यकर्ता भेलामा ओलीले सत्तारुढ गठबन्धनका नेताहरुसंग भावी प्रधानमन्त्री को हो भनेर प्रश्न गरेका हुन्।

सत्तारुढ गठबन्धनका नेता मध्येका एक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू भावी प्रधानमन्त्री भएको बताएको कुरा उल्लेख गर्दै ओलीले ,”नेपाली कांग्रेसले आफ्नो पार्टीबाट प्रधानमन्त्री हुने कुरा गरिरहेको छ। सत्तारुढ गठबन्धनका तर्फबाट भावी प्रधानमन्त्री को हो ?” भनेर प्रश्न गरे।

नेपाली कांग्रेसले प्रधानमन्त्रीय पद्दति भनिरहेको र माओवादी केन्द्रले प्रत्यक्ष राष्ट्रपतीय प्रणालीको आवाज उठाइरहेको प्रसंग उल्लेख गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यदि सत्तारुढ गठबन्धनले सरकार बनाउने अवस्थामा सत्तारुढ दलको कुन नीति, कार्यक्रम र बिचार अनुसार सरकार चलाउला भनेर जिज्ञासा राखे। अद्यापि ओलीले आगामी चुनाब पछि नेकपा एमालेको बहुमतको सरकार बन्ने दाबी गरे। ओलीले आफ्नो पार्टीले बहुमत ल्याए पनि सङ दलहरुलाई पनि साथमा लिने बचन दिए।

आजकै कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य शंकर गौतम र नेकपा माओवादी रूपागाउँपालिका अध्यक्ष नवराज बराललगाएत एकसय ५२ जना नेकपा एमालेमा प्रवेश गरे। भेलामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी (जसपा) लगायतका विभिन्न राजनीतिक पार्टी परित्याग गर्दै १ सय ५२ जना एमाले प्रवेश गरेको एमाले कास्कीका सचिव बैनबहादर क्षेत्रीले बताए /

प्रतिक्रिया