कास्की जिल्लाको रुपा गाउपालिकाका एक युवा लमजुङमा अबैध लागू औषध ब्राउन सुगरसहित पक्राउ परेका छन्।
रुपा गाउँपालिका ३ का २५ वर्षीय आश्वासनजंग शाही अबैध लागू औषध ब्राउन सुगरसहित लमजुङको मध्यनेपाल नगरपालिका ४, दुईपिप्लेबाट पक्राउ परेका हुन्।
डीएसपी प्रकाश श्रीमलका अनुसार तनहुँबाट लमजुङतर्फ आएका उनी दुईपिप्लेमा शंकास्पद रुपमा बसिरहेको अवस्थामा खानतलासी गर्दा उनका साथबाट अवैध लागूऔषध (ब्राउन सुगर) ० दशमलव २२० ग्राम बरामद गरिएको छ । शाहीले उक्त ब्राउन सुगर भएको प्रहरीलाई बताएको छ ।
शाहीविरुद्ध लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार बिहीबार जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्पसेक्टर जगदीश रेग्मीले बताए ।