अबैध लागू औषध झन्डै पांच किलो गाँजासहित पोखराबाट एक जना युवा पक्राउ परेका छन्। तनहुँको ब्यास नगरपालिका वडा नं. ६ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १० बुद्ध चोक बस्ने वर्ष २१ को मोहम्मद यासिर मिया पोखराबाट पक्राउ परेका हुन्।
मियाँलाई झोलामा गाँजा बोकेर बस चढेर पोखरा आइरहेका बेला मंगलबार साँझ साढे छ बजेको समयमा जिल्ला प्रहरी कार्यालय कास्की मातहत वडा प्रहरी कार्यालय गगनगौडा कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं.३० पावरहाउसमा सवारी साधन चेक जाँच गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। उनको साथबाट प्रहरीले झोलामा पोको पारी ल्याएको लागू औषध गाँजा पांच किलो एकसय ग्राम बरामद गरेको बताइएको छ।
अभियुक्त मियाँ बिरुद्ध प्रहरीले कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।