पोखराको खेलमैदानमा जयरानीको जय, हात पारिन पाँच स्वर्ण

पोखराको खेलमैदानमा जयरानीको जय, हात पारिन पाँच स्वर्ण


  • जन संचार
  • बिहिबार, ३ कार्तिक २०७९
  • 6.2K
    Shares

जयरानी थारुले पांच स्वर्ण हात पारिन

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल आर्मीको जयरानी थारुले पाँचौं स्वर्ण जितेकी छिन् ।

उनी सम्मिलित आर्मीको टिमले महिला ४ गुणा ४०० रिलेमा स्वर्ण जितेसँगै उनको पदक संख्या ५ पुगेको छ । ५ स्पर्धामा भाग लिएको जयरानीले सबै ५ स्पर्धामै स्वर्ण जितिन् । समध्ये उनले ३ वटा स्पर्धामा राष्ट्रिय कीर्तिमानसमेत बनाइन् ।

जयरानीसहित सरस्वती भट्टराई, निर्मला थापा र कसेली चौधरी सम्मिलित आर्मीले ४ मिनेट ०२.७८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेको हो ।

पाँचौं स्वर्ण जित्ने क्रममा जयरानीसहितको आर्मी टिम भाग्यमानी सावित भइन् । कारण यो स्पर्धामा एपीएफ पहिलो भए पनि लेन परिवर्तन गरेका कारण अयोग्य घोषित हुँदा आर्मीले स्वर्ण जितेको हो ।

निशा थारु, सम्झना थारु, अरुणा रिजाल र रामकुमारी थारु सम्मिलित लुम्बिनीले ४ मिनेट १४.८० सेकेन्डको समय निकाल्दै रजत पदक जितेको छ ।

सन्तोषी श्रेष्ठ, अञ्जु खड्का, रजिना दुलाल र स्वागत खाइजु, सम्मिलित बागमती प्रदेशले ४ मिनेट २२.७९ सेकेन्डको समय निकाल्दै कांस्य जितेको छ ।

 

 

प्रतिक्रिया