अवैध रूपमा चाँदीका गरगहनाहरू कारोबार गर्ने एक भारतीयसहित दुई जना पोखराबाट पक्राउ, ठुलो मात्रामा चाँदीका गहना बरामद

अवैध रूपमा चाँदीका गरगहनाहरू कारोबार गर्ने एक भारतीयसहित दुई जना पोखराबाट पक्राउ, ठुलो मात्रामा चाँदीका गहना बरामद


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २ कार्तिक २०७९
  • 4.1K
    Shares

अबैध रुपमा चाँदीका गरगहना कारोबार गर्ने अभियुतहरु

अवैध रूपमा चाँदीका गरगहनाहरू ओसार पसार गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ।

भारत मोतिहारी जिल्ला अन्तर्गत रक्सौल घर बताउने वर्ष २१ को राजु कुमार शाह र बारा करेयामाई गाउँपालिका वडा नं.-८ घर बताउने वर्ष ३४ को सरोज मिया मंसुरलाई प्रहरीले अवैध रूपमा चाँदीका गरगहनाहरू ओसार पसार गरेको आरोपमा पक्राउ गरेको हो।

उनीहरुलाई पोखरा महानगरपालिका वडा नं.२७ तालचोक स्थित पृथ्वी राजमार्ग सडक खण्डबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

भारतीय नागरिक राजु कुमार शाहको साथबाट प्रहरीले चाँदी जस्तो देखिने सेतो धातुको तयारी साडी पिन १६ थान, सिन्दूर दानी सानो ठूलो गरी नौ थान, जन्तर चार प्याकेट, चाबी पिन २० थान, पाउजु एकसय एक थान समेत अन्दाजी एक लाख एक हजार दुईसय २७ रुपियाँ बराबरको गरगहना प्रहरीले दाबी गरेको छ।

त्यस्त्तै मंसुरको साथबाट नेपाली १ हजार रुपियाँ दरका नोटहरू जम्मा नगद ५७ हजार, चाँदी जस्तो देखिने सेतो धातुको सिन्दूर दानी एक थान, सानो ठूलो सिक्काहरू एकसय ६५ थान, कछुवा छ थान, पाउजु ८९ थान, झुम्का ५३ थान, मूर्ति १८ थान, घण्टी दुई थान, चाबी पिन थान नौ, साडी पिन २० थान गरी अन्दाजी दुई लाख १३ हजार दुईसय ४७ रुपियाँ बराबरको गरगहना बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार