सिंगुस नामक किराले चिल्दा तनहुँमा एक जनाको मृत्यु, छ जना घाइते

सिंगुस नामक किराले चिल्दा तनहुँमा एक जनाको मृत्यु, छ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २ कार्तिक २०७९
  • 6.5K
    Shares

कालो बारुला जस्तो देखिने मौरी प्रजातिको रिसाहा प्रवृत्तिको सिंगुस नामक किराले चिल्दा तनहुँमा एक जनाको मृत्यु भएको छ ।

व्यास नगरपालिका–११ निवासी ६७ वर्षीय गंगाप्रसाद सुवेदीको सिंगुस नामक किराले चिल्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता युवराज खड़काले जानकारी दिए । शरीरभरि सिंगुसले टोकेर सख्त घाइते भएका सुवेदीको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनले बताए । “पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ तालघरे नजिक पैदल हिँडिरहेका बेला एकैचोटी धेरै सिङ्गुसले टोकेको रहेछ, घाइतेलाई दमौली अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका छन्,” प्रनाउ खड्काले भने ।

सिमलको रुखमा रहेको सिंगुसले चिल्दा अरु ६ जना घाइते भएका छन् । घाइतेको दमौली अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार