पोखरा घर बताउने “सिङ्गापुरे आर्मीको क्याप्टेन”द्वारा धादिङमा ठगी

पोखरा घर बताउने “सिङ्गापुरे आर्मीको क्याप्टेन”द्वारा धादिङमा ठगी


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३० असोज २०७९
  • 4.5K
    Shares

पोखरा घर बताउने सिङ्गापुरे आर्मीको क्याप्टेन”ले धादिङमा ठगी गरेका छन्।

सदरमुकाम धादिङबेँसीस्थित एक होटलकी संचालिका सेती गुरुङसंग ती व्यक्तिले ११ हजार रुपियाँ ठगे गरेका हुन्। सुनौला बजारका एक जना साथीले आफूलाई युकेबाट सामान पठाएको र त्यो सामान पु¥याइदिन जान लागेको तर आफूसँग पैसा नभएकाले बहुमुल्य सामान भएको झोला होटलमा राखेर पैसा सापटी दिन अनुरोध गरेका ती व्यक्तिले होटल संचालिका सिता गुरुङसंगबाट ११ हजार रुपियाँ लगेको बताइएको छ।

शुरमा खाजा खान भनेर होटलमा पसेका ती व्यक्तिले ११ हजार रुपियाँ लिएर “एकछिन बजार घुमेर आउँछु: भन्दै हिडे पछि बेपत्ता भएको प्राप्त जानकारीमा उल्लेख छ।

शुक्रबारदेखि ती व्यक्ति बेपत्ता भए पछि शनिबार ती व्यक्तिले छोडेको झोला खोलेर हेर्दा कागजको पोका, सुन जस्तो देखिने नक्कली सिक्री र एउटा तन्ना भेटिएको पिडित गुरुङले जानकारी दिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार