रक्सी खाएर डाक्टरलाई दुर्ब्यबहार गर्ने धामी दार्चुलाबाट पक्राउ

रक्सी खाएर डाक्टरलाई दुर्ब्यबहार गर्ने धामी दार्चुलाबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २९ असोज २०७९
  • 4.4K
    Shares

जिल्ला प्रहरी कार्यालय दार्चुला

मादक पदार्थ रक्सी खाएर डाक्टरलाई दुर्ब्यबहार गर्ने एक व्यक्तिलाई प्रहरीले दार्चुलाबाट पक्राउ गरेको छ।

शुक्रबार दिउँसो रक्सी खाएर जिल्ला अस्पताल दार्चुला छिरेका महाकाली नगरपालिका-५ का ३० वर्षीय प्रेमसिंह धामीले डा. जफर अन्सारीलाई दुर्व्यवहार गरेका थिए । डाक्टर अन्सारीलाई दुर्ब्यबहार गरेपछि धामीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

ती युवक मदिरा सेवन गरी दिउँसो अस्पताल पसेको हुनाले डाक्टर अन्सारीले मदिरा सेवन गरेर अस्पतालमा नआउन आग्रह गर्दा दुर्व्यवहार गरेको पाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी राजेशबहादुर शाहीले बताए ।

चिकित्सकमाथि दुर्व्यवहार गर्ने धामीलाई नियन्त्रण लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार