चुनाबको मुखमा पर्वतमा भरुवा बन्दुकसहित बम पक्राउ

चुनाबको मुखमा पर्वतमा भरुवा बन्दुकसहित बम पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २६ असोज २०७९
  • 3.5K
    Shares

भरुवा बन्दुक सहित पक्राउ परेका पर्वतका बम क्षेत्री

आम निर्वाचनका प्रक्रियाहरु चलिरहेका बेला पर्वतबाट एक जना युवा भरुवा बन्दुकसहित पक्राउ परेका छन।

पर्वत जिल्लाको पैयु गाउँपालिका वडा नं.६ साधने बस्ने बर्ष २१ को बम क्षेत्री भरुवा बन्दुकसहित पक्राउ परेका हुन।

ईलाका प्रहरी कार्यालय हुवास पर्बतबाट प्रहरी निरीक्षक खगेन्द्र अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले सोमबार दिउसो चार बजे उनकै घरबाट उनलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ।

अभियुक्त क्षेत्रीबिरुद्ध प्रहरीले पर्वत जिल्ला अदालतबाट हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आबश्यक अनुसन्धानका लागि १० दिनको म्याद लिइएको पनि प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार