पोखरा महानगरपालिकाले आज फेवातालमा जलकुम्भी झार सफाई अभियान गरेको छ।
मेयर धनराज आचार्यको भाषामा भन्ने हो भने महानगरको यो महा अभियान हो।
स्वयं महानगरको उपस्थितिमा ३३ वटै वडाको सक्रियता रहेको उक्त अभियान भने सामान्य झारा जस्तै देखिन्थ्यो। महानगरका सहकारी संस्था ,लायन्स क्लब, प्रहरी र स्थानिय जनता समेत संलग्न रहेको सरसफाई कार्यक्रममा भने सामान्य सामाग्री डोको,डोरी लामो लाठी डुंगा मात्रै देखिन्थ्यो।
हुन त, जलकुम्भी झार निकाल्नकै लागि भनेर तात्कालिन पर्यटन मंत्री रबिन्द्र अधिकारीले फेवातालमा एक मेशिन ल्याएका थिए।
एक करोड बीस लाखको त्यो मेशिन सुचारु नै रहेतापनि कतिको प्रभावकारी छ छैन काम गर्यो गरेन भन्ने बुझ्न फेवातालको जलकुम्भी देखेरै अड्कल गर्न सकिन्छ।
यसरि बर्षेनी हुदै आएको यस्ता देखावटी अभियानहरुले कागजी सफाई पाए पनि फेवा भने सफा हुन सकिरहेको छैन। वडा बाट उपस्थिति जनाउने प्रायजसो आ आफ्नो समाजको पोशाक (साडी ) मा देखिन्थे। उनीहरु अधिकांश त् मोबाइलमा फोटो खिच्न लालायित देखिन्थे । महानगरले वडाहरुलाइ बोलायो मात्रै, काम कसरि बिनियोजन गरि लगाउने भन्ने पुर्व तयारी नभएको देखियो।
फलस्वोरूप बाक्लै जना घनत्व रहे पनि सो बमोजिमको काम भने हुन सकेन।
