नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाइ’ को नयाँ पोस्टर सार्वजनिक भएको छ ।
जहाँ अमिताभ बच्चनलाई चित्रण गरिएको छ । फिल्ममा बच्चनको यो ‘फस्टलुक’ समेत हो ।
पोस्टरमा बच्चनका दुई लुक्स देख्न सक्छ । पोस्टरको माथिल्लो भागमा सगरमाथा क्षेत्रको पदयात्रामा निस्किएको लुक्स देखाइएको छ भने तलतिर नेपाली टोपीमा नृत्य गर्दै गरेको ।
फिल्मको कथा वस्तु अनुसार पोस्टरमा दर्शाइएका अमिताभको सन्दर्भ नेपालसँग जोडिएको छ । मंगलबारदेखि अमिताभ ८० औं वर्षमा टेक्दैछन् र त्यसको अवसरमा निर्माण कम्पनी राजश्री प्रोडक्सनले अमिताभलाई लिएर पोस्टर लन्च गरेको हो ।
मित्रताको कथा भन्ने यो फिल्मलाई झन्डै एक महिना लगाएर नेपालका हिमाली भूगोलमा छायांकन गरिएको थियो । अमिताभ त नेपाल आएनन् तर उनकै डमी एक्टरलाई लिएर सुटिङ गरिएको थियो ।
सुरज वर्जत्य निर्देशित फिल्म कात्तिक २५ गते प्रदर्शन तयारीमा छ ।