धनगढ़ी पुगेका बेला आफ्नो पूर्व प्रेमिकाको कोठामा पुगेका डोटी जिल्लास्थित एक स्वास्थ्य केन्द्रका इन्चार्ज पक्राउ परेका छन्।
डोटीको सायल गाउँपालिका–१ स्थित स्वास्थ्य चौकीका इन्चार्ज दीर्घ खड्कालाई प्रहरीले धनगढ़ीबाट आफ्नो पूर्व प्रेमिकाको कोठामा पुगेका बेला पक्राउ गरेको हो।
आफ्नै स्वास्थ्य चौकीमा कार्यरत महिला कर्मचारीसंग संगै बसेको उनका श्रीमानले देखे पछि प्रहरीलाई खबर गरिदिएका बताइएको छ। प्रहरीले उनीविरुद्ध आफ्नै महिला कर्मचारीलाई दुर्ब्यबहार गरेको आरोप लागाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले दिएको जानकारी अनुसार, धनगढी आएका बेला उनी सहकर्मी समेत रहेकी पूर्व प्रेमिकाको कोठामा गएका थिए। उनका श्रीमानले देखेपछि विवाद हुँदा घटना प्रहरी कार्यालयसम्म पुगेको हो। विवादका क्रममा उनीहरुबीच कुटाकुट समेत भएको प्रहरीको भनाई छ। प्रहरीले खड्काविरुद्ध सार्वजनिक कसुर गरेको अभियोगमा मुद्दा चलाएको छ।