गायिका जेरुसा राई सम्पर्कविहीन, भेटियो कोठामा ‘सुसाइड नोट’

गायिका जेरुसा राई सम्पर्कविहीन, भेटियो कोठामा ‘सुसाइड नोट’


  • जन संचार
  • शुक्रबार, ७ असोज २०७९
  • 3.7K
    Shares

गायिका जेरुसा राइ सम्पर्कविहिन

गायिका जेरुसा राई सम्पर्कविहीन भएको भन्दै परिवारले जिल्ला प्रहरी परिसर, ललितपुरमा खोजतलासका लागि निवेदन दिएका छन् ।

हालसम्म उनलाई फेला पार्न नसकिएको ललितपुर प्रहरीका प्रवक्ता सुधीरराज शाहीले बताएका छन् । पछिल्लो पटक उनी सुन्दरीघाट नजिक देखिएको खुलेको छ । त्यसैलाई आधार बनाएर खोजतलास जारी राखिएको उनले बताए ।

आमासहित सानेपामा बस्दै आएकी गायिका कोठामा ‘सुसाइड नोट’ फेला परेको प्रहरी स्रोतको भनाइ छ ।

राई युट्युबमार्फत गीत सार्वजनिक गरेर चर्चामा आएकी गायिका हुन् । उनको ‘बारुद’ बोलको गीत युवा पुस्तामाँझ लोकप्रिय छ । उनले यो गीत माओवादी द्वन्द्वलाई स्मरण गर्दै लेखेकी थिइन् ।

उनका नेपाली र अंग्रेजीका कभर गीतहरु पनि चर्चित छन् । उनी लामो समय बेलायत बसेर नेपाल फर्किएकी थिइन् ।

 

 

प्रतिक्रिया