परम्परा अनुसार मागी बिबाह गर्दै अभिनेता बुद्दि तामाङ

परम्परा अनुसार मागी बिबाह गर्दै अभिनेता बुद्दि तामाङ


  • जन संचार
  • बिहिबार, ६ असोज २०७९
  • 3.5K
    Shares

बिहे गर्दै बुद्दि

चर्चित हास्य अभिनेता बुद्धि तामाङले मकवानपुरकी अनु थिङसँग भोलि (शुक्रबार) तामाङ परम्पराअनुसार विवाह गर्दैछन् ।

भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको बिहेमा दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित हुनेछन् ।

दर्जनौ चलचित्र र टेलिचलचित्रमा उत्कृस्ट प्रस्तुति दिएका बुद्दिको कवड्डी कवड्डी फिल्मको “हैट” भन्ने थेगो सर्बाधिक प्रचलित छ ।

३० वर्षीया थिङ स्नातक अध्ययनरत विद्यार्थी समेत हुन् । परिवारकै माध्यमबाट उनीसँग भेटेको बुद्धिले जानकारी दिए ।

प्रतिक्रिया