झापामा कसले गर्यो भुटानी शरणार्थी गुरुङको हत्या ?

झापामा कसले गर्यो भुटानी शरणार्थी गुरुङको हत्या ?


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ६ असोज २०७९
  • 4K
    Shares

हत्या

झापामा खुकुरी प्रहार गरेर एक भुटानी शरणार्थीको हत्या गरिएको छ। दमकस्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा बसोबास गर्दै आएका एलबी गुरुङ नामले चिनिने ४६ वर्षीय लालबहादुर गुरुङलाई खुकुरी प्रहार गरेर हत्या गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

प्राप्त विवरण अनुसार, झापा र इलामको सीमा नजिक पर्ने रतुवा खोलाको पुलमा बुधवार अपराह्न साढे ४ बजे गुरुङमाथि खुकुरी प्रहार गरिएको थियो। गुरुङको खुट्टा र हातमा गहिरो चोट लागेको थियो। त्यसपछि घटनास्थल पुगेका प्रहरीले उनलाई उद्धार गरी उपचारका लागि लाइफलाइन अस्पताल पुर्याएका थिए। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको र उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरी स्रोतका अनुसार गुरुङ आज चुलाचुली क्षेत्रका युवाहरूसँग झगडा गर्न त्यसतर्फ गएका थिए। झगडा गर्ने क्रममा चुलाचुलीका एक दर्जन बढी युवाहरूले उनलाई घेरेर खुकुरी प्रहारसँगै आक्रमण गरेको जनाइएको छ। यसअघि गुरुङ विभिन्न अपराधको घटनामा संलग्न भई पटक-पटक जेल सजाय भोगिसकेका थिए। केही समयअघि मात्र उनी जेलबाट छुटेर आएर शरणार्थी शिविरमा बस्दै आएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार