प्रिय सुफी पछि सुबिनको इजोरिया

प्रिय सुफी पछि सुबिनको इजोरिया


  • जन संचार
  • आइतबार, २६ भाद्र २०७९
  • 4.6K
    Shares

सुबिन भट्टराईको नयाँ कृति इजोरिया

सुबिन भट्टराईको नयाँ उपन्यास ‘इजोरिया’ विमोचन गरिएको छ।

शुक्रबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा एक समारोहको आयोजना गरी भट्टराईको छैठौं कृतिका रूपमा उक्त उपन्यास संग्रह सार्वजनिक गरिएको हो।

कार्यक्रममा बोल्दै भट्टराईले इजोरिया तराई मधेसको परिवेशमा लेखिएको उपन्यास भएको बताए।

‘इजोरिया मित्रताको कथा हो। इजोरिया महिलाको कथा हो,’ सुबिनले भने, ‘इजोरिया मधेसको कथा हो। इजोरिया मुक्तिको कथा हो। इजोरिया माया र ममताको कथा हो। इजोरिया मुटुको मसीले लेखेको म्युजिकल महाकथा हो।’

भट्टराईको पहिलो उपन्यास ‘कथाकी पात्र’ हो। त्यसैगरी समर लभ, साया, मनसुन र प्रिय सुफीजस्ता चर्चित उपन्यास उनले लेखेका छन्।

 

प्रतिक्रिया