अण्डरग्राउण्ड पार्किङ्ग कायम गर्ने बारे फर्जी जस्तो देखिने पोखरा महानगरको पत्र सामाजिक संजालमा भाइरल

अण्डरग्राउण्ड पार्किङ्ग कायम गर्ने बारे फर्जी जस्तो देखिने पोखरा महानगरको पत्र सामाजिक संजालमा भाइरल


  • जन संचार
  • आइतबार, १२ भाद्र २०७९
  • 4.6K
    Shares

पोखरा महानगरका मेयर धनराज आचार्य , dhanaraj acharya , pokhara

काठमाण्डौ महानगरका मेयर बालेन शाहले महानगरभित्र बनेका अबैध संरचनाहरु डोजर लगाएर वाहीवाही पाइरहेका बेला पोखरा महानगरभित्र अण्डरग्राउण्ड पार्किङ्ग कायम गर्न पोखरा महानगरपालिकाले लेखेको भनिएको एक पत्र सामाजिक संजाल र संचार माध्यमहरुमा भाइरल बनिरहेको छ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले शुक्रबार महानगर कार्यालयमा शुक्रबार आयोजना गरेको एक कार्यक्रममा महानगरभित्र अण्डरग्राउण्ड पार्किङ्गको स्वीकृति लिएका घरधनीहरुलाई सोही अनुसार ब्यबस्था गर्न दोश्रो पटक ३५ दिने सुचना जारी गरिएको जानकारी दिएका थिए। सो अवसरमा उनले दोश्रो पटक सुचना जारी गरिएको ३५ दिने सुचनाको पनि चार दिन गैसकेको अवस्थामा अबको ३० दिनभित्र अण्डरग्राउण्ड पार्किङ्ग कायम नभए घरधनीले नै खर्च व्यहोर्ने गरी अबैध संरचना भत्काइने चेतावनी दिएका थिए।

तर आइताबार दिउसो देखि सामाजिक संजाल र पोहराका संचार माध्यमहरुमा फर्जी जस्तो देखिने अण्डरग्राउण्ड पार्किङ्ग कायम गर्ने बारे पोखरा महानगरपालिकाको सुचना भनि उल्लेख भएको एक पर्चा भाइरल बनिरहेको छ।

पोखरा महानगरपालिकाद्वारा जारी गरेको भनिएको उक्त पर्चामा कुनै आधिकारिकता भने देखिन्न। उक्त पर्चामा सुचना जारी गर्ने पोखरा महानगरक कुनै पनि अधिकारीको नाम र हस्ताक्षर समेत उल्लेख छैन।

आधिकारिक नरहेको जस्तो देखिएको उक्त सुचना कहिले जारी भएको हो भन्न पनि सकिने अवस्था छैन। तर उक्त सुचना पोखरा महानगरका मेयर धनराज आचार्यका स्वकीय सचिव शिवराज आचार्य स्वयम्ले सामाजिक संजालमा शेयर गरेको देखिएकाले धेरैले उक्त सुचना आधिकारिक भएको विश्वास गरेका छन्।

सार्वजनिक सुचना समेत कडाइका साथ् लेखेको जस्तो नदेखिएको अण्डरग्राउण्ड पार्किङ्ग कायम गर्ने सम्बन्धि पोखरा महानगरको सुचना हेरेका पोखराका बासिन्दाले अबैध संरचना हटाउन महानगरले कडाइ गर्नेमा शंका व्यक्त गरेका छन्। उनीहरुले घरधनीहरुलाई कस्तो सुचना जारी भएको होला भनेर जिज्ञासा व्यक्त गरिरहेका छन्।

प्रतिक्रिया