राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको भए पनि फेरी संसदबाट पारित भएको भनिएको नागरिकता सशोधन विधेयकले नेपाली नागरिकसंग बिबाह गर्ने बिदेशी महिलालाई बिबाह गरे लगत्तै नागरिकत दिने ब्यबस्था गरेको भन्दै चौतर्फी बिरोध भैरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पारित विधेयकको बिरुद्धमा अभिव्यक्ति दिएका छन्।
चितवनको भरतपुर बिमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले अहिलेको नागरिकता संशोधन विधेयकमा आमाबुबा दुबै नेपालको नागरिक भएका छोराछोरीले नागरिकता पाउने कुरा रहेको जिकिर गरे।
नागरिकता विधेयकलाई राष्ट्रघाती भन्नु नै पाखण्डीबाहेक केही नभएको भनाई राखेका प्रचण्डले दुई कारणले यस विधेयकको बिरोध भएको दाबी गरे। उनले अघि भने, “यसलाई गलत उदेश्यको निम्ति प्रचार गरिएको छ । दुई वटा कारणले एउटा त आमाबुबा दुबै नेपालको नागरिक भएका छोराछोरीले नागरिकता पाउने कुरा मात्रै हो अहिलेको विद्येयकको सार हो । ७ लाख मान्छेहरु नागरिकता विहिन भएका छन् । सबै अवसरबाट बञ्चित भयो त्यो स्थितिको अन्त्य गर्ने विद्येयक हो । त्यसकारण यसलाई राष्ट्रघाती भन्नु नै पाखण्ड बाहेक केही हुदैन ।
नागरिकता विधेयक संसदमा ल्याउँदा एमालेले राष्ट्रघाती भन्नु बेइमानी र अनैतिकताबाहेक अरु केही नभएको उनले बताए ।
‘यो त्यही विद्येयक हो जो केपी ओली प्रधामन्त्री हुँदा अध्यादेशमार्फत लगिएका थियो । जसले यो विद्येयक अध्यादेश मार्फत पोहोर साल लगेका थिए । यही विद्येयक राष्ट्रघाती भन्नुभन्दा बेइमानी अनैतिकता अरु केही हुनै सक्र्दैनन् । ’ प्रचण्डले भने ।
उनले एमालेले राष्ट्रवादको मखुन्डो लगाएर भोट बटुल्छौं भन्ने दुरुत्साह गरेको आरोप समेत लगाए ।
‘ यो ७ वर्षे वैवाहिक अंगिकृतको व्यवस्था राज्य व्यवस्थाबाट पारित भएर गएको थियो । म पनि नेकपाको अध्यक्ष थिए । शशी श्रेष्ठ राज्य व्यवस्था समितिको अध्यक्ष हुनुहुन्थ्यो म त्यतिबेला सदस्य थिए ।राज्य व्यवस्थाको त्यो प्रस्ताव सदनमा लैजाउँ भन्दा नमान्ने केपी ओली र एमाले गुट नै हो । र अध्यादेशबाट अहिले जे लगिएको छ त्यो लैजाने पनि केपी ओली नै हो । यति छरलंग कुरालाई पनि जनतालाई राष्ट्रबादको मुखुण्डो लगाएर भोट बटुल्न भन्ठान्ने दुरुत्साह जो भएको छ । मलाई लाग्छ नेपाली जनता समेत भइसके ।’