गायिका मिलन नेवारको महादेवसंग पुकार “जोडी मिलाइदेउ”

गायिका मिलन नेवारको महादेवसंग पुकार “जोडी मिलाइदेउ”


  • जन संचार
  • आइतबार, ५ भाद्र २०७९
  • 6.1K
    Shares

गायिका मिलन नेवारले भगवान महादेवसँग आफ्नोलागि जोडी मिलाइदिन आग्रह गरेकी छिन्।

श्रीमानसँग सम्बन्ध बिच्छेद गरेर बसेकी सुन्दरी गायिका मिलन नेवारले नेपाली महिलाहरुको महान चाड तीजका अवसरमा निकालेको नयाँ म्युजिक भिडियोमार्फत भगवान महादेवसँग आफ्नोलागि राम्रो जोडी मिलाइदिन आग्रह गरेकी हुन्।

तीज नजिकिदै गर्दा गायिका नेवारले सार्वजनिक गरेको उक्त नयाँ म्युजिक भिडियोमा कुटुमा कुटु, सुर्के थैलीजस्ता चर्चित र लोकप्रिय गीतका सर्जक तथा संगीतकार राजनराज सिवाकोटीको शब्द सृजना र संगीत छ । साथै फूलबुट्टे सारीजस्ता चर्चित गीतको भिडियोको निर्देशन गरेका राजेश पुमा राईले निर्देशन गरेको जोडी मिलाइदेउको भिडियोमा करुणा श्रेष्ठलाई फिचरिङ गरिएको छ ।

उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादनमा रहेको भिडियोको कोरियोग्राफर सन्तोष राजबहाक हुन् ।

प्रतिक्रिया