ख्यातिप्राप्त हास्यकलाकार हरिबंश आचार्य हजुरबा बनेका छन्। उनको छोरा मोहित र बुहारी बिन्दुले आज छोरी जन्माएपछि ख्यातिप्राप्त हास्यकलाकार आचार्य हजुरबा बनेका हुन।
आचार्यले आफु हजुरबा बनेको भन्दै नव आगन्तुक नातिनी र छोरा-बुहारीको फोटो सामाजिक संजाल फेसबुकमा सारजनिक गरेका छन्।
उनले आफ्नो फेसबुक स्टाटसमा बुहारी र नातिनी दुबैको स्वास्थ्य राम्रो भएको पनि जानकारी दिएका छन्।
पांच घण्टा अगाडी हालेको स्टाटसमा झन्डै ३९ हजार जनाले लाइक गरेका छन् भने झन्डै सातहजार छसय जनाले शुभकामना दिएका छन्। उनको त्यो स्टाटसलाई पाँच घण्टा अवधिमा २३ जनाले शेयर पनि गरेका छन्।
उनले शेयर गरेको स्टाटसमा हास्यकलाकारहरु मनोज गजुरेल, दिपक राज गिरि, दिपाश्री निरौला, शैलेन्द्र सिंखडा, राजा राजेन्द्र पोखरेल, नेकपा एमालेका नेता योगेश भट्टराइ लगायतले शुभकामना दिएका छन्।