एन्फा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख पाँडे बर्खास्त, कार्यवाहक प्रशिक्षकमा हुमागाईँ नियुक्त

एन्फा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख पाँडे बर्खास्त, कार्यवाहक प्रशिक्षकमा हुमागाईँ नियुक्त


  • जन संचार
  • बिहिबार, २६ साउन २०७९
  • 3.6K
    Shares

एन्फा कार्यसमिति बैठक

अखिल नेपाल फुटबल संघ (एन्फा)को दोस्रो कार्यसमिति बैठकले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखको जिम्मेवारी पाएका नवीन पाँडेलाई बर्खास्त गरेको छ भने कार्यवाहक प्रशिक्षकमा प्रदिप हुमागाईँलाई नियुक्त गर्ने निर्णय गरिएको छ।

नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङको आज बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमिति बैठकले त्यस्तो निर्णय गरेको हो। बैठकले एन्फाको प्रवक्तामा सुरेश शाहलाई नियुक्त गरेको बताइएको छ।

बैठकले आगामी असोज १२ गते विशेष साधारणसभा गर्ने निर्णय गर्नुका साथै कार्य समितिको मानार्थ अध्यक्षमा नरेन्द्र श्रेष्ठ र वरिष्ठ मानार्थ उपाध्यक्षमा किशोर राईलाई मनोनयन गरेको छ।

आगामी असोज ११ गते दशरथ रंगशालामा हुने मैत्रीपूर्ण फुटबल प्रतियोगिताको कार्यवाहक प्रशिक्षकमा प्रदीप हुमागाईँलाई नियुक्त गरेको छ। उक्त खेलअघि अल्मुताइरी नआउने भएपछि एन्फाको यो निर्णय आएको हो।

एन्फाले केही महिनादेखि विवादका कारण रोकिएको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिता पनि गर्न दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ। एन्फाको यो निर्णयपछि एनएसएल आगामी असोज २३ गतेदेखि मंसिर २ गतेसम्म हुने भएको छ।


प्रतिक्रिया