किन गए जापान माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ?

किन गए जापान माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ?


  • जन संचार
  • शनिबार, २१ साउन २०७९
  • 3.8K
    Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) जापानमा नेपालीको अवस्था कस्तो छ बुझ्ने बताएका छन्। शनिबार बिहान जापानको राजधानी टोकियोमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले नेपालले जापानमा बस्ने नेपालीको लागि के गर्न आवश्यक छ त्यसको अध्ययन गर्ने समेत बताएका हुन्।

नेपाल र जापानको सम्बन्ध पुरानो भएको बताउँदै उनले नेपालको प्रमुख ‘डोनर कन्ट्रि’ जापान भएको समेत बताए। आफ्नो र राष्ट्रिय सभा अध्यक्षको भ्रमणले दुई देशबीचको सम्बन्ध विस्तार गर्न थप सहयोग पुग्ने प्रचण्डको विश्वास छ।

प्रविधिको क्षेत्रमा अगाडि रहेकाले जापान सबैको निमित्त प्रेरणाको स्रोत भएको उनले बताए। उनले भने,‘जापान हामी सबैका निम्ति एउटा प्रेरणाको स्रोत पनि हो। कसरी युद्धबाट तवाहा बनाइएको देश, आफ्नै खुट्टामा उभिएर, आफ्नै मेहनतले यति माथि आउनसक्दो रहेछ भन्ने कुराको उदाहरण जापान हो।’

विकासको भौतिक आधार र राजनीतिक आधार बनाउँदा नेपालीहरु स्वत : आफ्नो ज्ञान, सीप, साधन स्रोत र सम्पत्ति लिएर फर्कने उनको विश्वास छ। उनले नेपालभित्र विकासको नयाँ प्रक्रियाको सुरुवात भयो भन्ने सन्देश दिन सके नेपाली फर्कने बताए।

प्रचण्डले नागरिकता विधेयक एनआरएनको हितमा हुने गरी ल्याइएको बताए। प्रचण्डले भने,‘नागरिकताको एनआरएनसँग सम्बन्धित जो विषय थियो, संविधानमा हामीले नै पहल गरेर राखियो र अहिले यो विधेयक हामी अगाडि बढाउँदैछौं । त्यसमा पनि एनआरएन नेपालीहरु जो विदेशमा छन् उनीहरुको हितलाई बढी ध्यान दिइएको छ।’

प्रचण्डले जापान भ्रमणका क्रममा जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई भेट्ने इच्छा रहेपनि पूरा हुन नसकेको बताए ।

प्रतिक्रिया