हालसालै मात्र बरिष्ठ युवा ज्योतिष हरिहर अधिकारीसंग बिबाह बन्धनमा बाँधिएकी अभिनेत्री नीता ढुंगाना अस्पताल भर्ना भएकी छन् ।
काठमाण्डौको लाजिम्पाटमा भर्खरै सुरु गपिरएको म्यूम ब्यूटीपार्लरको उद्घाटनमा जाने क्रममा नीता बाटोमै बिरामी परेकी अभिनेत्री ढुंगाना उपचारका लागि आइतबार मेडिसिटी अस्पताल भर्ना भएकी हुन् ।
चेकजाँचका क्रममा एपेन्डिक्सको समस्या देखिएपछि सोमबार बिहान चिकित्सकले उनको एपेन्डिक्सको शल्यक्रिया गरेका श्रीम्मान हरिहर अधिकारीले जानकारी दिए । उनको स्वास्थ्य अवस्था अहिले ठिक रहेको छ र उनी अझै केही दिन अस्पतालमै रहनेछिन् ।