गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री बिन्दु कुमार थापाले पोखरा महानगरपालिका वडा नम्बर २० भलामस्थित एकता सामुदायिक क्लब र सिर्जनशील आमा समुहलाई व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेका छन्।
केही समय यता सामाजिक कार्यमा क्रियाशील रहेको एकता सामुदायिक क्लब र सिर्जनशील आमा समुहलाई आबश्यक सामाजिक उपयोगका सामाग्री किन्न र क्लब तथा आमा समुह भवन मर्मत संहार गर्न आबश्यक रकम प्राप्त भएको क्लबका अध्यक्ष गणेशबहादुर बस्नेतले जानकारी दिए।
प्रदेश मन्त्री थापाबाट प्राप्त निजि सहयोगबाट सामाजिक भाँडावर्तन तथा सांस्कृतिक कार्यक्रमका लागि आबश्यक बाद्य सामाग्रीहरु किन्ने काम भएको जानकारी दिदै अध्यक्ष बस्नेतले क्लब तथा आमा समुहलाई प्रोत्साहन गर्न आर्थिक सहयोग गरेकोमा मन्त्री थापालाई धन्यबाद दिए।
केही समय यता पोखरा महानगरपालिका वडा नम्बर २० भलाममा क्रियाशील एकता सामुदायिक क्लबले बर्षाको समयमा बिग्रिएको बाटोघाटो मर्मत गर्ने, स्थानीय किसानहरुलाई बिभिन्न जातका बोटबिरुवाका बेर्ना उपलब्ध गराउने र वडाका चोकहरुमा संकेत बोर्डहरु राख्दै आएको छ।



