गोरखा बजारको खोलखोलेस्थित नालीमा आले मृत भेटिए, हत्याको आशंका

गोरखा बजारको खोलखोलेस्थित नालीमा आले मृत भेटिए, हत्याको आशंका


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३० असार २०७९
  • 4.2K
    Shares

गोरखा बजारको खोलखोले क्षेत्रस्थित नालीमा एक युवाको शब् भेटिएको छ। गोरखा नगरपालिका ८ आहाले गाउँका २१ बर्षिय अनिष आलेको शव खोलखोलेस्थित नालीमा भेटिएको हो।

आलेको शरिरको विभिन्न भागमा चोट पटक देखिएको प्रहरीले जानकारी दिएको छ। आलेको हत्या भएको हुनसक्ने आशंका गरिएको छ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले घटनास्थल प्रकृति मुचुल्का उठाएर शबको पोस्टमार्टमका लागि गोरखा अस्पताल लाएको बताइएको छ।

आलेको शरिरको विभिन्न भागमा चोट पटक देखिएकोले अनुसन्धानका क्रममा केही ब्यक्तिलाई नियन्त्रणमा लिएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार