१२ वर्ष अघि काठमाण्डौमा एक व्यक्तिको हत्या गरेर भागेका पोखराका एक युवा पक्राउ परेका छन्।
२०६४ सालको कार्तिक १९ गते काठमाण्डौको गोंगबूमा रबिन्द्रकुमार मल्लको हत्या गरेर भागेका पोखरा महानगरपालिका वडा नम्बर ४ का ३६ वर्षीय कृष्ण मिजारलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मिजारसहित्का युवाहरुले मल्ललाई गोंगवु मित्रनगरस्थित सडकमा बाँसको भाटा, लात्ती, मुक्काले प्रहरी गरी सख्त घाइते बनाएका थिए। उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो।
सोही मुद्दामा उच्च अदालत पाटनले उनलाई २०६७ साल असोज १८ गते १० वर्ष कैद सजाय तोकेको थियो। घटना लगतै फरार रहेका उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले शनिबार पर्वतको फलेवासबाट पक्राउ गरेको थियो।