घरमै लुकाइराखेको छ किलो गॉजा सहित तनहुँबाट एक जना पक्राउ परेका छन्।
घरमै लुकाइराखेको छ किलो गॉजा सहित तनहुँको बन्दीपुर गाउँपालिका-२ गौराटोलका ४५ वर्षीय राजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रहरी निरीक्षक हरिबहादुर क्षेत्रीको नेतृत्वमा गएको टोलीले गॉजा सहित श्रेष्ठलाई पक्राउ गरेको हो ।
निज सुत्ने कोठामा लुकाई छिपाई राखेको छ किलो गॉजा बरामद गरिएको क्षेत्रीले जानकारी दिए । पक्राउ परेका विरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।