पोखराबाट धारिलो हतियार दाउ र ठुलो मात्रामा लागू औषधसहित तीन युवा पक्राउ

पोखराबाट धारिलो हतियार दाउ र ठुलो मात्रामा लागू औषधसहित तीन युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १७ असार २०७९
  • 4.2K
    Shares

पोखराबाट धारिलो हतियार दाउ र ठुलो मात्रामा लागू औषधसहित तीन जना युवा पक्राउ परेका छन्।

लागू औषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले तीन जना युवालाई धारिलो हतियार दाउ र ठुलो मात्रामा लागू औषधसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ५ स्थायी घर भइ हाल पोखरा महानगरपालिका वडा नं. ७ नुहारथोक बस्ने वर्ष ३४ को सुजित मुल्मी, सोही ठाउँको वर्ष ३१ को रविन मगर र मकवानपुरको बकिया गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ३१ को बाबुराम मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

उनीहरुको साथबाट प्रहरीले लागू औषध डाईजापाम- ६५ एम्पुल, फेनेरागन- ६५ एम्पुल, नुर्फिन- ६५ एम्पुल गरी जम्मा- एकसय ९५ एम्पुल तथा कालो छालाको खोलभित्र धारिलो हतियार एउटा दाउ र चार थान मोबाइल बरामद गरेको बताइएको छ।

उनीहरुलाई प्रहरीले बिहीबार दिउसो करीब चार बजेको समयमा पोखरा महानगरपालिका वडा नम्बर ७ नुवारथोकवाट पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ।

पक्राउ परेका तीनै जना अभियुक्तहरु बिरुद्ध प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमार्फत कास्की जिल्ला अदालतमा लागू औषध सम्बन्धी मुद्दा दर्ता गरेर आबश्यक अनुसन्धानका लागि १० दिनको म्याद थप गरेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार