बाँकेमा खेत जोत्ने क्रममा ट्याक्टर अनियन्त्रित भइ पल्टिँदा चालकको मृत्यु भएको छ ।
बिहीबार दिउँसो जिल्लाको खजुरा गाउँपालिका–२ एलगाउस्थित खेतमा भे २ त १७५७ नम्बरको ट्याक्टर अनियंत्रित भइ पल्टिएको हो।
सो ट्रयाक्टर दुर्घटनामा परेर सोही ट्रयाक्टरचालक पालिका–४ खजुराका २५ वर्षीय देवेन्द्र यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।