सर्बोच्च अदालतको संयुक्त इजलाशमा बहुमतका आधारमा निजगढ अन्तराष्ट्रिय विमानस्थलको विकल्प खोज्न आदेश दिऎको खुलासा

सर्बोच्च अदालतको संयुक्त इजलाशमा बहुमतका आधारमा निजगढ अन्तराष्ट्रिय विमानस्थलको विकल्प खोज्न आदेश दिऎको खुलासा


  • जन संचार
  • बुधबार, १५ असार २०७९
  • 3.2K
    Shares

सर्बोच्च अदालत, supreme court

सर्बोच्च अदालतको संयुक्त इजलाशमा बहुमतका आधारमा निर्माणाधीन अवस्थामा रहेको निजगढ अन्तराष्ट्रिय विमानस्थलको विकल्प खोज्न आदेश दिऎको देखिएको छ।

सर्वोचच अदालतले जेठ १२ गते गरेको फैसलाको आज आएको पूर्णपाठमा बहुमतकाआधारमा निर्माणाधीन निजगढ अन्तराष्ट्रिय विमानस्थलको विकल्प खोज्न आदेश दिऎको देखिएको हो ।

आजाअएको पूर्ण पाठ अनुसार, सर्बोच्च अदालतको संयुक्त इजलाश्मा रहेका पाँच न्यायाधिशहरुमध्ये न्यायाधिशत्रय ईश्वर खतिवडा, विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमान राउत प्रस्तावित निजगढ विमानस्थलको विकल्प खोज्न सुझाएका छन्। उनीहरूले पर्यावरण र वातावरणीय सुरक्षाका साथै दीगो विकासलाई हेरेर विकल्प खोज्न सुझाएका छन्।

यता न्यायाधिशद्वय हरिकृष्ण कार्की र मनोज शर्माले भने निजगढमै विमानस्थल बनाउन उपयुक्त विकल्प खोज्न सकिने ठाउँ भएको भन्ने राय दिएका छन्। एयरपोर्ट बनाउँदा धेरै जंगल नमास्न पनि भनेका छन्।

यो फैसलाको पूर्णपाठ सार्वजनिक आउने क्रममा रहेकाले बहुमत न्यायाधीशले निजगढमा एयरपोर्ट बनाउन रोक लगाएका हुन् वा होइनन् भन्ने यकिन छैन।

प्रतिक्रिया