तनहुँमा जिपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

तनहुँमा जिपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १५ असार २०७९
  • 2.9K
    Shares

तनहुँमा जिपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा ४३ प ३०२० नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ६ बजे डुम्रेतिर जाँदै गरेको ग ३ च ४१८२ नम्बरको जिपले ब्यास नगरपालिका–१२ देउरालीमा ठक्कर दिदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

सो दुर्घटनामा परि घाइते भएका मोटरसाइकल चालक मकवानपुरको भिमफेदी गाउँपालिका १ का २६ वर्षीय जयराम मोक्तान र मोटरसाइकलमा पछाडि सवार सोही स्थानका २३ वर्षीय दीपेश गोलेको रत्नहरी अस्पताल दमौलीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उक्त घटना पश्चात आबश्यक अनुसन्धानका लागि जिप चालकलाई हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानेको छ।

यसैगरी प्युठानको ऐरावती गाउँपालिका–४ धुवाङमा गएराति सुदूरपश्चिम प्रदेश ०१–००२ त ५२१२ नम्बरको ट्याक्टरबाट खसेर स्थानीय ३८ वर्षीया शान्ता रोकाको मृत्यु भएको छ । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएकी उनको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको प्यूठान प्रहरीले जनाएको छ ।

यस्तै मोरङको रंगेली नगरपालिका ७ मा मंगलबार दिउँसो साढे ३ बजे माउन्टेन मकालु बोर्डिङ स्कुलको को १ क ११३० नम्बरको बसले ठक्कर दिंदा स्थानीय महादेव मण्डलका ४ वर्षीय छोरा रितिकको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते भएकी नरेश मण्डलकी ५ वर्षीया छोरी सनम कुमारीलाई थप उपचारका लागि विराटनगर लगिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार