मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर तनहुँमा एक महिलाको मृत्यु

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर तनहुँमा एक महिलाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १४ असार २०७९
  • 4.9K
    Shares

मोबाइल चार्ज गर्ने क्रममा सोमबार करेन्ट लागेर तनहुँमा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको भानु नगरपालिका–९ निवासी ४५ वर्षीय तारा थापा रहेको प्रहरीले जनाएको छ ।

मोबाइल चार्ज गर्ने क्रममा प्लक (टुपिन)बाट करेन्ट लाग्दा महिलाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

करेन्ट लागेर सख्त बिरामी भएकी महिलाको उपचारका लागि दमौली अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार