एन्फाको पहिलो बैठकमा नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरी हटाउने बारे छलफल

एन्फाको पहिलो बैठकमा नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरी हटाउने बारे छलफल


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ९ असार २०७९
  • 3.9K
    Shares

अखिल नेपाल फुटबल संघको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले ७ वटा महत्वपूर्ण निर्णय गरेको छ । बैठकले एन्फाको आगामी चार वर्षको कार्यकालका लागि महासचिवमा किरण राई, कोषाध्यक्षमा रविन्द्र जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नविन पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

साथै बैठकले ३० दिनभित्र श्वेतपत्र जारी गरी संघको वर्तमान आर्थिक तथा प्रशासनिक अवस्थाका बारेमा जानकारी गराउने निर्णय समेत गरेको छ ।
anfa
बैठकले प्रशिक्षणबाट निष्काशन गरिएका १० जना फुटबल खेलाडीलाई ससम्मान प्रशिक्षणमा फर्काउने निर्णय गरे पनि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बारे कुनै निर्णय गरेको छैन। मुख्य प्रशिक्षक अल्मुताइरीलाई हटाउन कतार फुटबल र स्वयम् प्रशिक्षकको सहमति आवश्यक हुने भएकाले त्यस बारे कुनै निर्णय नभएको समाचारस्रोतको दाबी छ।

एन्फाका महासचिव किरण राईले आफूले प्रशिक्षकको विषयमा जिम्मा पाएको र केही दिनमा यसको विषयमा निर्णय गर्ने बताएका छन् । उनले प्रशिक्षकलाई हटाउन कतार फुटबलसँग सहमति गर्ने र त्यो भन्दा पहिला प्रशिक्षकलाई नेपाल बोलाउने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार