वर्तमान अध्यक्ष कर्माछिरिङलाई पराजित गर्दै वरिष्ठ उपाध्यक्ष पंकजविक्रम बने नयाँ एन्फाको नयाँ अध्यक्ष

वर्तमान अध्यक्ष कर्माछिरिङलाई पराजित गर्दै वरिष्ठ उपाध्यक्ष पंकजविक्रम बने नयाँ एन्फाको नयाँ अध्यक्ष


  • जन संचार
  • मंगलबार, ७ असार २०७९
  • 5.1K
    Shares

अखिल नेपाल फुटबल संघ (एन्फा)को वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई पराजित गर्दै वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ एनफाको नयाँ अध्यक्षमा निर्वाचित भएका छन्।

नयाँ अध्यक्षमा निर्वाचित नेम्वाङले ४५ मत पाउँदा शेर्पाले ३९ मत मात्र पाए । अध्यक्षका अर्का उम्मेदवार राजिव पौडेलले भने एक मत पनि पाएनन् ।

वरिष्ठ उपाध्यक्षमा नेम्वाङ प्यानलका वीरबहादुर खड्का विजयी भएका छन् । उनले ४४ मत पाए भने शेर्पाको प्यानलका शिक्षित पराजुली ४० मत मात्र पाए ।

चार जना उपाध्यक्ष मध्ये ३ जना पंकजको प्यानलका निर्वािचत भएका छन् । दावा लामा, दिपक खतिवडा, बिराटजंग शाही प‌ंकजकाे प्यानलबाट निर्वाचित भएका हुन् ।

कर्माको प्यानलमा रहेका दुर्गाबहादुर केसी पनि ४३ मत ल्याएर अन्तिम चारमा रहँदै उपाध्यक्ष चुनिए ।

सुन्दर नरसिंह जोशी, उपेन्द्रमान सिंह, विज्ञानराज शर्मा र रत्नकुमार श्रेष्ठ पराजित भए । जोशी प‌ंकजको प्यानलमा थिए ।

नवनिर्वाचित अध्यक्ष नेम्वाङ यसअघि वरिष्ठ उपाध्यक्ष र शेर्पा अध्यक्ष थिए । एन्फामा गणेश थापा अध्यक्ष हुँदा उनको कार्यशैलीको विरोध जनाउँदै कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्वाङले ‘चेन्ज एन्फा’ अभियान सुरु गरेका थिए ।

अभियान सफलता उन्मुख हुँदै गर्दा नेम्वाङले कर्मालाई नेता मानेर एन्फाको नेतृत्वमा पनि पुर्‍याए । तर पछिल्लो चार वर्ष वरिष्ठ उपाध्यक्ष रहेका नेम्वाङले कर्मा र उनको काममाथि निरन्तर प्रश्न उठाएर असहमति जनाइरहे र अन्तमा उनै शेर्पाविरुद्ध अध्यक्षमा चुनाव लडेका नेम्वाङ विजयी पनि भए ।

प्रतिक्रिया