गेटमा “महिला ‘माल हैन, मान्छे हो” भन्दै बिरोध : भित्र प्रियंकाले पहिरिइन् मिस नेपाल २०२२को ताज

गेटमा “महिला ‘माल हैन, मान्छे हो” भन्दै बिरोध : भित्र प्रियंकाले पहिरिइन् मिस नेपाल २०२२को ताज


  • जन संचार
  • आइतबार, ५ असार २०७९
  • 7K
    Shares

मिस नेपाल २०२२

हरेक वर्ष जस्तै यस वर्ष पनि कम्युनिष्ट पार्टीका सदस्यहरुले बाहिर सुन्दरी प्रतियोगिताको बिरोधमा चर्का नाराबाजी गरिरहे, भित्र त्यही सुन्दरी प्रतियोगिताको नाममा मिस नेपाल २०२२ घोषणा सम्पन्न भयो।

शनिबार दिउसो ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा भित्र मिस नेपाल २०२२ को फाइनल चलिरहदा गेट बाहिर भने कम्युनिष्ट पार्टीका सदस्यहरुले “महिला ‘माल हैन, मान्छे हो” लगायतका नाराहरु उल्लेख गरिएका प्लेकार्ड देखाउदै बिरोध गरिरहेका थिए।

उनीहरुले मिस नेपाल प्रतियोगिता खारेज गर्न माग गर्दै बिरोध प्रदर्शन गरिरहदा प्रियंका रानी जोशीले मिस नेपाल २०२२ को ताज पहिरिएकी थिइन्। उक्त प्रतियोगिता हिडन ट्रेजर नामको संस्थाले आयोजना गरेको थियो भने विभिन्न कम्युनिष्ट पार्टीहरु नकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी), अखिल नेपाल महिला संघ क्रान्तिकारी, अनेमसंघ क्रान्तिकारी, नेपाल महिला फेडरेशन, वैज्ञानिक समाजवादी महिला संगठन, अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला युनियनले उक्त प्रतियोगिताको बिरुद्धमा विरोध प्रदर्शन गरेका थिए।

सुन्दरी प्रतियोगिताका नाममा महिलाहरुमाथि यौन दुर्ब्यबहार लगायत बिभिन्न खालका शोषण हुने गरेको भन्दै विरोधीहरुले सुन्दरी प्रतियोगिता बन्द गरिनुपर्ने माग गर्दै आइरहेका छन्। भित्री गुण र क्षमता तथा योग्यताभन्दा शरीरको बनावट, रुप र रंगमा जोड दिने सुन्दरी प्रतियोगिताको औचित्य नभएको सुन्दरी प्रतियोगिता विरोधीहरुको बुझाई छ।

हालै मिस ग्लोबल इन्टरनेशनलमा सहभागी एक युवतीले आफू आयोजकबाट यौन शोषणमा परेको घटना सार्वजनिक गरेका थिए । उक्त घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका मनोज पाण्डे प्रहरी नियन्त्रणमा रहेका छन् ।

बिरोधका बाबजुद प्रियंका रानी जोशीले मिस नेपाल २०२२ को ताज पहिरिएकी छिन भने मिस नेपाल इन्टरनेसनल नान्सी खड्का र मिस नेपाल अर्थ सरिसा श्रेष्ठ भएका छन । मिस नेपाल प्रतियोगिताको लागि झन्डै ८०० जना प्रतिस्पर्धीले आवेदन दिएका थिए ।

प्रतिक्रिया