पहिरोले पुरिएर बेपत्ता सासु-बुहारी मृत भेटिए

पहिरोले पुरिएर बेपत्ता सासु-बुहारी मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३ असार २०७९
  • 8.4K
    Shares

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले पुरिएर एकै परिवारका सासु बुहारीको मृत्यु भएको छ । निरन्तरको वर्षासँगै गएराति घर माथिबाट झरेको पहिरोले पुरिएर सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा सासुबुहारीको मृत्यु भएको हो ।

सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष चित्र माबोका अनुसार पहिरोले पुरिएर सासु तुलसा अधिकारी र बुहारी यसोधा अधिकारीको मृत्यु भएको हो ।

मृतक दुवैजनाको सव शुक्रबार बिहान स्थानीयले पहिरोले पुरिएको अवस्था फेला पारेका उपाध्यक्ष माबोले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार