मुग्लिनबाट आँबुखैरेनी तर्फ आउँदै गरेकाे एक ट्रक आज एकाबिहानै पृथ्वीराजमार्ग अन्तर्गत तनहुँकाे आँबुखैरेनी नजिक रूवाखाेला पुलबाट मर्स्याङ्गदी नदीमा खस्दा चालककाे मृत्युु भएकाे छ।
ग १ क ४४६९ नम्बरकाे मिनी ट्रक बिहिबार) बिहान साढे ४ बजे रूवाखाेला पुलबाट मर्स्याङ्गदी नदीमा खस्दा चालककाे मृत्युु भएकाे हो ।
सो दुर्घटनामा परेर तनहुँको म्याग्दे गाउपालिका ६ मनपाङ घर भएका ४७ बर्षीय राम बहादुर दमैकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक एंव् प्रवक्ता युवराज खड्काले जानकारी दिए।
दुर्घटनामा परेर घाइते भएका चालक दमैलाई तत्काल उद्धार गरेर उपचारका लागि पुरानाे मेडिकल कलेज चितवन लगिएकाेमा ६:१० बजे चिकित्सकले मृत घोषणा गरेको प्राप्त जानकारीमा उल्लेख छ।
