‘कबड्डी ४’को प्रदर्शनमा रोक लगाउने सिक्किम सरकारको निर्णय

‘कबड्डी ४’को प्रदर्शनमा रोक लगाउने सिक्किम सरकारको निर्णय


  • जन संचार
  • मंगलबार, ३१ जेष्ठ २०७९
  • 3.5K
    Shares

नेपाली चलचित्र ‘कबड्डी ४’

भारतको सिक्किम सरकारले नेपाली चलचित्र ‘कबड्डी ४’लाई सिक्किममा प्रदर्शन गर्न रोक लगाएको छ ।

बुद्ध धर्मको अपमान हुने गरी दृश्यहरु समेटिएको भन्दै चौतर्फी बिरोध भैरहेको बेला भारतको सिक्किम सरकारले नेपाली चलचित्र ‘कबड्डी ४’लाई सिक्किममा प्रदर्शन गर्न रोक लगाएको हो ।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यका नागरिक र विभिन्न संस्थाको संवेदनालाई ख्यालमा राख्दै नेपाली चलचित्र ‘कबड्डी ४’ प्रदर्शनमा रोक लगाउने निर्णय भएको जनाए ।

‘सिक्किमका जनता, विभिन्न संघसंस्था र संगठनको भावनालाई ध्यानमा राख्दै राज्य सरकारले विवाद समाधान नभएसम्म सिक्किममा कबड्डी ४ को प्रदर्शनमा रोक लगाउने निर्णय भएको छ,’ उनले उल्लेख गरेका छन् ।

नेपाली चलचित्र ‘कबड्डी ४’को प्रिमियर शोमा चलचित्र हेर्न गएका एक बौद्ध भिक्षुलाई नायिका मिरुना मगरले आफूमाथि दुर्ब्यबहार गरेको भन्दै गालामा थप्पड हानेकी थिइन्। नायिका मगरले बौद्ध भिक्षुमाथि थप्पड हानेपछि त्यसको चौतर्फी बिरोध भएको थियो। काठमाण्डौमा नायिका मगर र चलचित्र प्रदर्शनको समेत बिरोध भएको थियो।

सिक्किममा यो फिल्म शुक्रबारदेखि प्रदर्शनको तयारीमा थियो । गत साता अलइण्डिया बुद्धिस्ट फोरमसहित त्यहाँका बौद्ध धर्मगुरुले पत्रकार सम्मेलन गर्दै फिल्मलाई रोक लगाउन आग्रह गरेका थिए ।

‘कबड्डी ४’ फिल्मले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पनि उजुरी परेको छ ।

प्रतिक्रिया