काठमाण्डौको बौद्धस्थित गेष्टहाउसमा सामूहिक वलात्कार : गेस्ट हाउस संचालकसहित चार जना पक्राउ

काठमाण्डौको बौद्धस्थित गेष्टहाउसमा सामूहिक वलात्कार : गेस्ट हाउस संचालकसहित चार जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३१ जेष्ठ २०७९
  • 5.4K
    Shares

गेस्ट हाउसमा सामूहिक वलात्कार

काठमाण्डौको बौद्धस्थित लुङ्ता गेष्टहाउसका संचालाकसहित चार जना सामूहिक वलात्कारको आरोपमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले होटल सञ्चालक शेर्पाको मिलेमतोमा बाँकी तीन जनाले पालैपालो २४ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए। उनीहरुमध्ये तीन जनाले गेस्ट हाउसको तेस्रो तलाको कोठामा ती युवतीलाई पालैपालो जबर्जस्ती करणी गरेको प्रहरीको दाबी छ।

पक्राउ पर्ने अभियुक्तहरुमा काठमाडौँका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोक मेलम्ची न.पा. वडा नं. २ घर भई हाल काठमाण्डौ महानगरपालिका वडा नं. ६ बस्ने बर्ष २२ को रिन्जेन शेर्पा, सर्लाहीको बागमति नगरपालिका वडा नं. ४ घर भई हाल काठमाण्डौ महानगरपालिका वडा नं. ६ बौद्ध बस्ने बर्ष ३४ को उत्तम लामा रहेको प्रहरीले जानकारी दिएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउपालिका वडा नं. ४ घर भई हाल काठमाण्डौको बौद्धमा होटल लुङ्को सञ्चालन गरी बस्ने बर्ष ३४ को आङनिमा भन्ने झ्याम्पा ढिल्ले शेर्पालाईपनि प्रहरीले मतियारको रुपमा पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ। ।

प्रहरीले पीडित युवतीलाई होटलबाट उद्धार गरी प्रसूतिगृह थापाथली लगेर स्वास्थ्य परीक्षण गरेको प्रवक्ता मैनालीले बताए ।

प्रहरीले पक्राउ परेका चारै जनालाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को करणीसम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार