डडेल्धुराको सामुदायिक वनमा देवर-भाउजु जंगलमा मृत भेटिए

डडेल्धुराको सामुदायिक वनमा देवर-भाउजु जंगलमा मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३० जेष्ठ २०७९
  • 15.7K
    Shares

डडेल्धुरामा देवर-भाउजु जंगलमा मृत भेटिएका छन्। आलितालको वडा नम्बर ३ र ५ को सीमाना रेला पुल नजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनमा देवर-भाउजु मृत भेटिएका हुन्।

जिल्लाको आलिताल गाउँपालिका–५ भावर बस्ने पशुपति बिक र गणेश बिक सामुदायिक वनको एउटै रुखमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार