गायिका इन्दिरा जोशीले आउने मंगलबार बिहे गर्ने भएकी छन्।
उनले प्रेमी तथा फेसन डिजाइनर शरद केडियासँग जेठ ३१ गते बिबाह गर्न लागेकी हुन्।
उनले इन्स्टाग्राममार्फत निमन्त्रणा पत्र पनि सार्वजनिक गरेकी छन्। उनको निमन्त्रणा पत्रमा भनिएको छ, ‘भगवानको कृपा र परिवारको आशीर्वादले हामीले विवाह गर्ने निर्णय गरेका छौं। यो खुसी तपाईंहरूसँग बाँड्न पाउँदा आनन्द महसुस गरेको छु। यस्तै प्रेम र आशीवार्द वर्षभरि दिनुहोला। यो सम्बन्ध सधैं सुन्दर रहनेछ।’
इन्दिरा र शरद्को विवाह टोखास्थित एक अपार्टमेन्टमा हुने पारिवारिक स्रोतले जनाएको छ । तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले एक वर्षअघि सगरमाथा क्षेत्रको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए । उनीहरुले मेहेन्दी उत्सव भने गरिसकेका छन् ।
