आफ्नै जन्मथलो कुवेतको फुटबल टिमसंग फुटबल खेलिरहेको कर्मथलो नेपालको फुटबल टिमबिचको प्रतियोगिता चलिरहदा नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी मैदानमा बेहोस भएर ढले।
एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत आफ्नो प्र्शिक्षणमा रहेको नेपाली राष्ट्रिय फुटबल टिम आफ्नो जन्मथलोमा नराम्ररी पराजित हुने देखेका मुख्य प्रशिक्षक अलमुताइरी टेक्निकल एरियामा बेहोस भए पछि तत्काल उपचारका लागि अचेत अवस्थामा अस्पताल लगिएको प्राप्त समाचारमा जनैएको छ ।
यता मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी मैदानमा नै बेहोस भएको एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलमा नेपालले कुवेतसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा नेपाल आयोजक कुवेतसँग ४–१ गोल अन्तरले पराजित भएको हो । कुवेतको जाबिर अल अहमद स्टेडियममा घरेलु टोलीलाई जित दिलाउन युसेफ अलसुलिमानले दुई गोल गरे ।
यस्तै फाहद अल्रेशिदी र मोबारक अल्फानिनीले एक एक गोल गरे । नेपालका दर्शन गुरुङले एक गोल फर्काए । हारसँगै नेपालले २ खेलमा अंक जोड्न सकेको छैन । छनोटको समूह ‘ए’ मा रहेको नेपाल अंक विहीन रहदै पुछारमा छ । कुवेत २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा छ ।