बलिउड अभिनेता सलमान खानको मुम्बईमा गोली हानेर हत्या प्रयास

बलिउड अभिनेता सलमान खानको मुम्बईमा गोली हानेर हत्या प्रयास


  • जन संचार
  • शुक्रबार, २७ जेष्ठ २०७९
  • 8.6K
    Shares

साइकलिङमा मस्त सलमान खान

बलिउड अभिनेता सलमान खानको हत्या प्रयास भएको समाचारहरु सार्वजनिक भएका छन। अभिनेता खानलाई शुक्रबार मुम्बईमा गोली हानेर हत्याको प्रयास भएको समाचारहरुमा जनाइएको छ।

उनलाई पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यामा संलग्न ठानिएको बिस्नोइ ग्याङका केही सार्पसुटरले खानको हत्याको प्रयास गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन्। टाइम्स नेटवर्कलाई उद्धृत गर्दै सबै भारतीय सञ्चारमाध्यमले यो समाचारलाई प्राथमिकताको साथ प्रसारण गरिरहेका छन् ।

सलमानले हरेक बिहान साइक्लिङ जाँदा सुरक्षा गार्ड लिएर नहिँड्ने सूचना मिलेपछि त्यो समूहले घर आसपासमै हत्या योजना बनाएको बताइएको छ। साइक्लिङका लागि घर छाड्नै लागेका बेला घर बाहिर बसिरहेका सार्पसुटरले गोली हान्ने तयारी गरिरहदा मुम्बई प्रहरीको एउटा टोली उनको घरको गेटमा पुगेपछि घटना टरेको बताइएको छ। हत्या योजना बनाइएको दिन दिउँसो एक सार्वजनिक कार्यक्रममा सलमान सहभागी हुने भएकाले बिहानै प्रहरी उनको स्कर्टिङमा पुगेको थियो।

सलमानमाथि आक्रमण गर्नै लाग्दा प्रहरी पुगेपछि सार्प सुटरहरुले योजना परिवर्तन गरेर त्यहाँबाट भागेको समाचारमा जनाइएको छ।

सलमानले हरेक बिहान साइक्लिङ जाँदा सुरक्षा गार्ड लिएर नहिँड्ने सूचना मिलेपछि त्यो समूहले घर आसपासमै हत्या योजना बनाएको बताइएको छ

प्रतिक्रिया