पोखरामा गएराती मोटरसाइकल दुर्घटना : एक युवाको मृत्यु, अर्का गम्भीर घाइते

पोखरामा गएराती मोटरसाइकल दुर्घटना : एक युवाको मृत्यु, अर्का गम्भीर घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २४ जेष्ठ २०७९
  • 6.3K
    Shares

मोटरसाइकल दुर्घटना

पोखरामा गएराती भएको मोटरसाइकल दुर्घटनामा परेर एक युवाको मृत्यु भएको छ।

पोखरा महानगरपालिकाम वडा नं. २५ का २७ वर्षीय अक्षयराज कुँवरको गएराती भएको मोटर साइकल दुर्घटनामा परेर मृत्यु भएको हो।

कुँवरले चलाएको ग१प ७६६६ नम्बरको मोटरसाइकल हेम्जामा आइपुग्दा अनियन्त्रित भै दुर्घटनाग्रस्त भएको प्रहरीले जानकारी दिएको छ।  उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ।

सोही मोटरसाइकलमा यात्रारत ३५ वर्षीय दिलिप कुँवरको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानाकारी दिएको छ।

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार