२०७६ साल जेठ १२ गते विप्लव नेकपाले नेपाल बन्द काे आयाेजना गरेकाे थियो बन्द सफल पार्न भन्दै आजकै दिन जेठ १२ गते काठमाडौंकाे आकाश बमकाे तुवाँलोले कालै थियाे जमिन आला दर्जनबढी नेता कार्यकर्ताकाे रगतले संचित भयाे । त्यस क्रममा क्रममा अखिल क्रान्तिकारी का केन्द्रीय सदस्य प्रज्जवल शाही सहित महान, दिपेन्द्र, निरन्तर र रामकुमारकाे कलिलाे उमेर मै ज्यान गयाे ।
आज यहि दिनमा सहिद प्रज्जवलकि दुई बहिनी मनिषा र कलशा शाहीले सामाजिक सञ्जाललाइ नै उद्देलित बनाउनेगरी भावुक स्टाटस हालेका छन् उनिहरुले आफ्ना प्रियजनकाे सपनामाथी धाेका भएको भन्दै आक्राेश समेत व्यक्त गरेका छन् ।
हेर्नुस् प्रज्जवलका दुई बहिनिले लेखेकाे स्टाटस
मेरो प्रिय दाइ धेरै धेरै सम्झना छ!
आज फेरि फर्केर आएकाे छ त्यहि कालाे दिन, अचनाे जस्तै थिचियर पिडाकाे भारी बाेक्दै बितेको छ याे ३ बर्ष । देखाउन नमिल्ने पीडा मनभरी काेरिएकाे कथाकाे कहालिलाग्दो कहानी कहाँबाट सुरु गरेर कहाँ पुगाै र अन्त्य गराै म आफै कुहिराेकाे काग झै छु ।
हजुरसंग भाैतिक रुपले टाढा भएको ३६ महिना १०८० दिन अर्थात २५९२० घन्टा पुगेछ, एकछिन पनि हजुरकाे अभाव थेग्न नसक्ने म मजस्तै अबाेध भाइबहिनी साेझा मुवाबुवाले कसरी यति लामाे समय कटायाै हाेला दाइ हजुरले सम्झिन सक्सिन्छ कि नाई थाहा छैन यदि मेराे दाइ सम्भव भए मेरो र घरपरिवारकाे दुखाइ हेरेर गइसियाे ।
म त्यहि सम्झिन्छु, फेसबुकका वालहरुमा तपाईंकाे फाेटाहरु रंगिएकाे समसाझ युटुव हेरेर बसिरहेकि म र हाम्रो परिवारमाथी यतिठुलाे बज्रपात आइलाग्ला के कल्पना हुन्थ्याे काठमाडौंका बिस्पाेटकाे न्युज सुन्न बित्तिकै सबैभन्दा पहिला मेराे दिमागमा हजुरलाइ फाेन गर्ने कुरा आयाे र हजुरकाे नम्बर डायल गरे अपसाेच फाेन स्विच अफ थियोे र साेचे हजुर भाग्न सफल हाेइसिन्छ यतिठुलाे घटनाका कारण फाेन अफ भयाे हाेला । हजुरसंग १२ मिनेट अगाडिकाे कुरा नै अन्तिम हाे म कसरी पत्याउन सक्थे र दाई ? हजुरले नै हाेइन म केही समयपछि फाेन गर्छु अहिले फाेन राख भनेको । केही समय भनेको २५९२० घन्टा पूरा भयाे त्याे समय किन आउदैन दाइ कहिलेकाही त लाग्छ मेराे दाइले मलाई फाेन डायल गर्दा मेराे फाेन अरुतिर व्यस्त भयर हाे कि वा दाइकाे फाेनमा चार्ज नभएर हाे वा अरु काममा व्यस्त भयर हाे अनेकौं जिज्ञासाकाे पाेकाे पारी बसेका ३ बर्ष कस्ता रह्यो हाेलान् मेराे दाइ एकपटक मेराे ठाउँमा उभियर हेर्सियाे है ।
साझपख थाहा भयाे मेराे दाइ बमकाे धुवासंगै उड्याे रे फेसबुकभरी आएका न्युज म कसरी पत्याउ ? के भनाै साना भाइबहिनीलाई के भनाै घरमा मुवाबुवालाइ ? म आफै बेहाेस भएकाे थाहा पाइन भाइ बहिनि के कस्तो अवस्थामा थिए थाहा पाइन् गाउँ कै मामाकाे छाेराले फेसबुकमा श्रद्धाञ्जली दिएपछि मेराे मनमा चिसाे पस्याे बाकि के भयाे मलाई अहिले पनि याद छैन् । म सानाभाइबहिनि मामाकाे साथ एकैचोटि पशुपति पुगे मेराे दाइकाे कलिलो सुन्दर अनुहार देख्नभनि जिउभरी छाेयर अंगालो हालेर अस्ताएकाे निर्जीव शरिरसंगै भएपनि केही कुरा भनुला साेचे, मान्छेकाे भिडमा कस्ले के भनिरहेकाे छ मलाई केही थाहा छैन बस केवल म मेराे दाइकाे अनुहार शरीर देख्न चाहान्थे केहिबेरमा सव राखेकाे गाडि पनि आयाे मलाई थाहा छैन म कुन अवस्था रहे एकैचोटि पानी हालेर श्रद्धाञ्जली लिने ठाउँमा मेराे दाइकाे शरीर सुताइयाे म अनुहार हेर्छु केही देख्दिन म हात खुट्टा छाम्छु कहि पाउदिन मेराे दाइ म केही भन्न अाएकि थिए खाेइ म कसरी बयान गरु त्याे समयकाे । सालकाे दारजस्ताे शरीर अनि क्षतबिक्षत भएको अनुहार हातखुट्टा मैले देखेकाे मेराे दाइ पाइन् । अनुहार नै नचिनेपछि बेहासी मै साेचे याे मेराे दाइ हाेइन किन सबैले प्रज्जवल शाही हाे भनेका हाेलान् ।
सत्यसंग म हारे मेरा भाइबहिनी हारे मेराे परिवारले हार्याै तर मेराे दाइ आसा र प्रतिक्षासंग म अझै हारेकाे छैन म हजुर आउने बाटो हेरिरहन्छु टाेलाइरहन्छु म छट्पटीमा हुदा आएर सम्झाइसिन्छ लाग्छ याे ३ बर्ष आसा र प्रतिक्षामै बित्याे । खाेइ अझै त्याे आस मार्न सकेकी छैन् ।
याे बिचमा मैले आस गरेका मेरा दाइ प्रजज्वलहरु काे हाे । पशुपति पुग्दा मेराे दाइका संगठनका मान्छे त काेहि देखिन भेछिन् दाइका पुराना नेताहरु मेराे काखमा आयर सम्झाएकाे झिनाे याद छ । घटना कसरी भयाे किन भयाे मेराे दाइ जसलाई बम बारे थाहा नै छैन विद्यार्थी संगठनमा काम गर्ने मान्छे कसरी त्यहा पुग्याे धेरै उत्तरबिनाका प्रश्नकाे जवाफ खाेजी गर्दागर्दै हैरान छु अझै क्लियर हुन सकेकाे छैन । आलै छ ताजै छ तेस्तै छ घाउ तेस्तै छ,पिडा,बिर्सेका छैनौं त्यो दिनलाई हामीले बिर्सिन कसरी सक्छु बैरीहरू ले सहन नसक्ने चाेट दिएका छन्।आफ्नो स्वार्थ पुरा गर्न काे लागि हजुरकाे हातमा हिजो बम बाेक्न बाध्य बनाए। तिनैले बाबु आमाको काेख रित्ताे बनाइदिए।
केही समय अघिसम्म त साेच्थे पार्टी छ देश र जनताकाे लागि नै मेराेदाइ हामिले गुमायाैं भावनात्मक दुखाइ जस्तोसुकै भएपनि मनभित्र गाठाे पारेर शहिदकाे बहिनी भन्दा मन हल्का अर्थात केही राहात मिल्थ्याे मनलाई । साेच्थे मेराे दाइकाे सपनामा धाेका हुदैन् हामीले जस्तोसुकै दुख भाेग्नु परेपनि पार्टी आन्दोलनलाई साथ दियर जानुपर्छ । प्रश्नहरुकाे थुप्राे मनभरी थियोे पार्टीमाथी प्रतिबन्ध लागेकाे थियोे । खुलेर कहि केही भन्ने अवस्था थिएन् हुन त प्रतिबन्ध त मेराे दाइ प्रज्जवल जस्तै साेझासाझा इमानदार कार्यकर्ताकाे लागि मात्रै लागिरहेकाे थियोे । सर्लाहीमा कुमार दाइ मारिदा सहिद परिवारकाे नाताले लक्ष्मी दिदीसग सुखदुख बाड्थे त्याे बिचमा केही घटना भए मेरो दाइमाथि बम थम्माउने विद्यार्थीकाे अध्यक्ष चिरञ्जीवी ढकाल २ पटक गिरफ्तार परे तर २/३ दिनमै छुटे अनाैठाे लागिरहेकाे थियोे याे कस्ताे प्रतिबन्ध हाे उहीँ पार्टीका काेहि मारिने काेहि २ दिन जेल नबसी छुट्ने त्यतिमात्र भएन त्यहि बिचमा चिरञ्जीवी ढकाल तत्कालीन मन्त्री बिना मगरलाई भेटेका समाचार सार्वजनिक भए मेरो मन आगाे झै भयाे मेराे दाइकाे शरिरलाई झण्डा हाल्न समेत नआएका ढकाललाई मन्त्री भेट्न जादा प्रतिबन्ध किन लागेन हाेला ? आज आयर साेच्दैछु याेजनाबद्ध मेराे दाइलाइ मारिएकाे थियोे ? विप्लवलाई भेट्न मनका बेदना भावनाहरु पाेख्न केही कुरा गर्न सारै आतुर थियौ हामी शहिद परिवार । प्रतिबन्ध ले गर्दा सबै कुरा मनभित्र अटायर बस्नु हाम्रो बाध्यता थियाे । तर जब विप्लव सरकारसग ३ बुदे सहमति गरेर सार्वजनिक हुनु भयाे ठुलाे आसा थियोे हामीले हाम्रा कुरा राख्न पाउनेमा । काठमाडौं आएपछि पहिलो भेटघाटकाे सुचिमा हामी नै पर्छाैहाेला भनेर फाेन म्यासेज कुर्न तिर मन लाग्याे तर दुखकासाथ भन्नुपर्छ मैले रेखा थापासंग भेटेकाे फाेटाे सार्वजनिक भएपछि मन सारै दुख्याे उहाँ सेलिब्रेटी हाे भेट्दा नराम्रो भन्न पक्कै खाेजेकि हाेइन तर याे आन्दोलनमा उहाँको भन्दा बढि दुख त हामीले पाएका थियौ मन सारै खिन्न भयाे ।
पछि म आफैले तत्कालीन कार्यालय सचिव असल दाइलाइ पटकपटक फाेन म्यासेज गरे त्यहि बिचमा कुमार पाैडेलकाे हत्याकाे बिषयमा पार्टीका नेतामाथी आशंका गर्दै लक्ष्मि दिदीले एक स्टाटस लेख्नु भएको रहेछ विप्लवकाे कार्यालयबाट धम्कि सहितकाे असलका नाममा एक विज्ञप्ती आयाे मैले त्याे दिन अझै बिर्सन सक्दिनँ साेचे अब याे पार्टीमा प्रश्न गर्नै नपाइने भयाे ? मैले मेराे दाइकाे घटनाकाे छानबिनकाे माग गर्दा म वा मेराे परिवार बिरुद्ध के हाेला ? मलाई याे घटनाले निकै तर्सायाे साेचे विप्लवलाइ नभेटाै किनकि मैले विप्लवसग भेट्दा छानबिनकाे माग राख्नुपर्छ याे बिचमा विद्यार्थी अध्यक्ष प्रकाश शाहीले हामीलाई धम्कि पनि दिएका थिए म सबै घटनालाई जाेडेर हेर्न थाले अब भेट्न कति सहि हाेला मनमा अर्को चिसाे पसिरह्याे । हिम्मतकासाथ केही समयपछि विप्लवलाइ सामुहिक हिसावले सहिद परिवारले भेट्याै र आफ्ना कुरा समेत राखाै मैले लिखित रुपमै घट्ट्कुलाे बिस्पाेटकाे छानबिनको माग राखे ।
त्यतिबेला सम्म पार्टी भित्र पनि लडाइँ सुरु भएको रहेछ, शिवगढीमा विप्लवले चुनावमा जाने प्रस्ताव लियर आएकाे कुरा सुनेपछि म केही रात निदाउनै सकिन् मैले याे बिचमा केही स्टाटस लेखे सामाजिक सञ्जालमा । संसदिय व्यवस्था नमान्ने घाेषणा गरेर आफ्नै पार्टी सेना सरकार बनाएका विप्लवले कसरी यहि व्यवस्थाकाे चुनावमा जान तयार भए ? म मेरो दाइलाइ झन सम्झिन लागे मेरो दाइ लगायत ११ जनाकाे रगत पानी हाे त ? के भनेर मारिएका वा मार्न पठाइएका हुन ती १२ जना ? किन मेरो दाइकाे हातमा बम दिदै गर्दा विप्लवकाे छाेराे प्रकाश चन्दकाे हातमा वा प्रकाण्डकाे छाेरा नरेन्द्र बिककाे हातमा त्याे बम राखिएन ? चुनावमा जानकै लागि १२ जना मारेको भए किन विप्लव इमानदार पुर्वक भन्नुहुन्न ? आजको दिनसम्म आउदा मेरो दाइकाे घटनासंग प्रतक्ष्य सराेकार राख्ने चिरञ्जीवी ढकाल चिनर पुन धिरिन्द्रा उपाध्यायकाे बारे अझै किन छानबिन हुदैन् । मैले नाम किटान गरेर छानवीनकाे मागकाे पत्र विप्लवलाई बुझाएकाे ३ महिना पुग्दैछ ।
शिवगढीबाट काठमाडौं आएपछि विप्लवले चैत २६ बानेश्वरमा भन्नुभएको थियोे पार्टी चुनावमा जादैन पार्टी फुट्दैन हामीले सारै चिन्ताले साेधेका थियौ पार्टी चिनावकै कारण फुट्दैछ चुनावमा जानू गलत हुन्छ भनेर तर देशभर पार्टीका केन्द्रीय सदस्यहरुलाइ चुनावमा उठायर चुनावमा भाग लिएका उम्मेदवारलाई देशभर सहयोग गर्न विप्लव आफैले विज्ञप्ति निकालेपछि र पार्टीका दुई सचिवालय सदस्यलाई कार्वाही गरेपछि हामी उपलब्ध सहिद परिवारले खबरदारी गरेर विज्ञप्ति निकायाै हाम्रो आसय बिभाजन ठिक हाे भन्ने पक्कै थियन र हाेइन तर पार्टी फुटेपनि चुनावमा जान तयार हुनुले विप्लव प्रकाण्डमा समस्या छ भनेर भनेका थियौ उक्त विज्ञप्ति पछि हामी सहिद परिवारमाथि पुनः धम्कि सुरु भयाे ।
यतिसम्म कि विप्लव र प्रकाण्डकाे घरपरिवारबाट फेक आइडि बनायर सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमा धम्कि दिइयाे, भाइ बहिनीलाई समेत बार्गेनिङ गरेको आराेप लगाइयाे विप्लवका कार्यकर्ता अरिंगाल झै खनिए हामी माथी म १२ गते आज मेराे दाइकाे रगत साक्षि राखेर भन्छु के मेराे दाइले यहि व्यवस्थामा धिरिन्द्रा उपाध्याय भेसराजहरु जन्माउन सहिद भएको हाे ? के हामी सहिद परिवारले विप्लव प्रकाण्डमाथी प्रश्न गर्न पाउदैनाै ? के मेराे दाइकाे घटनाको छानबिन भयाे ? के मेराे दाइ विप्लव नेकपाकाे मात्रै सहिद हाे ? किन सहिद पार्टी बिशेषकाे बनिराछन् ? ३ बुदे सहमतिमा १२ जना सहिदबारे कता शब्द लेखिएको छ मैले सय भन्दा बढि पटक पढिसके के छ जवाफ विप्लव प्रकाण्डसंग ? मेराे जस्तो १२ जना दाइहरु रगतले बार्गेनिङ गरेर जम्मा भएको पैसाले बनेकाे शिवगढीकाे महलले कपनकाे महलले के जवाफ दिनसक्छ ?हामी भाडा तिर्न नसकेर अनेकौं अप्ठ्यारोसंग लडिरहदा शिवगढीमा महल बन्छ माल्काेटमा हस्पिटल बन्छ नेताहरुका घरपरिवार आफन्तका नाममा सयाै बिगाह जमिन किनिन्छ अनि क्रान्ति भन्नुहुन्छ विप्लवले म जस्ता सहिद परिवारले कसरी पत्याउ ? नेताका श्रिमतीहरुले लाखौंकाे गरगहना लगाउछन् उनिहरुका हुनेवनला बुहारी पार्टीका प्रवक्ता बन्छन र हामीलाई धम्काउछन मेराे हजुर दाइ सपना आयर भएपनि मलाई भनिदिनुस न हजुरलाइ मर्न कस्ले बाध्य बनायाे ? हजुरकाे रगतले हामीलाई के यस्तो दर्दनाक उपहार दियाे आज ? म कस्लाइ सुनाउ याे कहानी मेराे दाइ मलाई भनिदिनुस न् प्लिज ।
हिजाे प्रज्जवल नै हाे भन्नेहरु, प्रज्जवलका वरिपरि घुम्नेहरु कति थिए कति आज कहाँ पुगेका हाेलान हाम्रो फाेन उठाउन समेत नमिल्ने गरि दाइ म के भनेर मलाइ बुझाउ के भनेर समालिने मैले दाइ नहजुरले देखेकाे सपना रहयाे न हजुर रहिसियाे बदलामा महल बने घर बने घरेडि बने जग्गा पलटिङ्ग भयाे केहिले डाक्टर इन्जिनियर पढ्न पाए मैले मेराे दाइ गुमाए आस र प्रतिक्षामा बाच्ने बानी लगाए । मेराे दाइ म सदा प्रतीक्षा गरिरहेनेछु मेरो दाइकाे आउने बाटो हेरेर मेराे दाइले देखेकाे सपनाकाे बाटो कुरेर मेराे दाइ आजकाे दिनमा धेरै धेरै सम्झना अनि माया छ हजुरकाे बहिनिकाे ।