पोखराबाट हराएको एउटा जिप दुई हप्तापछि बेवारिशे अवस्थामा फेला परेको छ।
पोखरा महानगरपालिकाको वडा नम्बर २६ लेखनाथस्थित बुढीबजारबाट गएको जेठ ९ गतेदेखि हराएको ग१च ९९६८ नम्बरको जिप पोखराको सिमलचौरस्थित आलुमाईलाचोकमा आइतबार बेवारिशे अवस्थामा फेला परेको हो।
बेवारिशे अवस्थामा फेला परेको उक्त जिप आज जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रबक्ता प्रहरी बरिष्ठ नायब निरीक्षक शिव पाठकले सवारी धनी यामनाथ त्रिपाठीलाई हस्तान्तरण गरे।