बसको ठक्करबाट गएराती पोखरामा एक पैदलयात्रीको मृत्यु

बसको ठक्करबाट गएराती पोखरामा एक पैदलयात्रीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २३ जेष्ठ २०७९
  • 17.4K
    Shares

bus accident, बसको ठक्कर , बस दुर्घटना ,

पोखरामा बसको ठक्करबाट गएराती एक पैदलयात्रीको मृत्यु भएको छ ।

बसको ठक्करबाट गएरातीतनहुँ जिल्लाको घिरिङ गाउपालिका–१ घर भई हाल लेखनाथको अर्घोचोक बस्ने अन्दाजी ६५ बर्षीय राजी भनेर चिनिने ईमराज लामिछानेको म्र्तियु भएको हो।

उनलाई पैदल हिडिरहेको अवस्थामा ना७ख ४९७६ नम्बरको बसले पोखरा महानगरपालिका–२७ अर्घोचोकमा गएराती पौने ९ बजे ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर घाइते बनेका लामिछानेलाई तत्काल उपचारका लागि साबिक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल हाल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पुर्याइएकोमा सोही अस्पतालामा लामिछानेको मेइत्यु भएको जीला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ।

बस चालकलाई नियन्त्रणमा लिएर अनुशन्धान भइरहेको ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार