पोखरा महानगरको कार्यपालिका सदस्यमा एमालेका आठै जना बिजयी

पोखरा महानगरको कार्यपालिका सदस्यमा एमालेका आठै जना बिजयी


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १८ जेष्ठ २०७९
  • 8.2K
    Shares

पोखरा महानगरको कार्यपालिका सदस्यमा एमालेका आठै जना बिजयी

पोखरा महानगरको कार्यपालिका सदस्यमा एमालेका आठै जना बिजयी भएका छन्।

आज भएको चुनाबमा एमालेका उम्मेदवारहरुले गठबन्धनका उम्मेदवारहरुलाई पराजित गर्दै एमालेका आठै जना उम्मेदवारहरु पोखरा महानगरको कार्यपालिका सदस्यमा बिजयी भएका हुन्।

पांच जना महिलाका लागि दश जनाको उम्मेदवारी परेकोमा एमालेका उम्मेदवारहरु धनकुमारी पोख्रेल, निर्मला पोडेल,भिमकुमारी पुन गर्बुजा, मन्दिरा परियार र हरिमाया विश्वकर्मा पोखरा महानगरपालिकाको कार्यपालिका सदस्यमा बिजयी भएका छन्।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेस उम्मेदवारहरु डाल्दादेवी भुजेल, दुर्गादेवी केसी थापा, पवित्रा थापा, भावना श्रेष्ठ र रनसुबा गुरुङ पराजित भए।

महिला, दलित तथा अल्पसंख्यकबाट ६ जनाको उम्मेदवारी परेकोमा एमाले उम्मेदवारहरु गोविन्द तुलाचन, दीपक घिमिरे र निर्मल दियाली पनि पोखरा महानगरको कार्यपालिका सदस्यमा निर्वाचित बनेका छन्। उनीहरुका बिरुद्ध गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका माओबादीका भिमबहादुर घर्ती, जनता समाजबादीका पानबहादुर घर्ती र एकिकृत समाजबादीका लालबहादुर विक पराजित भए।

यस परिणामसंगै पोखरा महानगरको बोर्डमा अल्पमत परेको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पोखरा महानगरपालिकाको नगरासभामा बहुमत सहित प्रतिनिधित्व गर्ने भएको छ।

अब पोखरा महानगरको नगरसभामा एमालेका तर्फबाट उपमेयर तथा नौ वडा अध्यक्ष सहित ९४ जना प्रतिनिधि रहनेछन भने गठबन्धनबाट एक मेयर र २४ वडा अध्यक्ष तथा एक स्वतन्त्र गरी ८१ सदस्य रहने भएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार